यसरी घट्यो सुनको भाउँ !

प्रकाशित मिति:

काठमाण्डौ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।