देउवाले भेटे निर्मलाको परिवार

प्रकाशित मिति:

कैलाली – नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् ।

भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने बताए । उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी कटिबद्ध भएर लागिपर्ने बताए । कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि देउवा कञ्चनपुर आएका हुन् ।