भारत–पाकिस्तानबीच तनावप्रति राष्ट्रपति भण्डारीद्वारा चिन्ता व्यक्त

प्रकाशित मिति:

काठमाडौँ / राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।राष्ट्रपति भण्डारीले दुई देशबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । शुक्रबार काठमाण्डौमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो ।

राष्ट्रपति भण्डारीलेसनातन चिन्तनले सहिष्णुता, सह–अस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण गराउनुभयो । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन ।