दिबंगत मन्त्रि अधिकारीको ७ दिनमै काजक्रिया सकिने

१७ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया

>4f~hln ck{0f tfKn]h’ªdf ePsf] x]lnsK6/ b’3{6gfdf Hofg u’dfPsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb|k|;fb clwsf/LnfO{ >4f~hln ck{0f ug{ kf]v/f k|bz{gL s]Gb|df nfda4 ePsf kl/jf/, cfkmGthg / z’e]R5’sx? . t:jL/M jf;’b]j kf}8]n, kf]v/f, /f;;

काठमाण्डौ /हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने भएको छ ।मन्त्री अधिकारीको परिवारले १३ दिनको सट्टा सात दिनमा काजकिरिया सक्ने बताएका उहाँका बाल्यकालका साथी धनराज आचार्यले बताउनुभयो । पोखरामा श्रद्धाञ्जली सभामा उहाँले आफू सानै बेलाका साथी भएको र मन्त्री अधिकारीको सपना पूरा गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीको शुक्रबार नै अत्येष्टि गरिने छ भने शवयात्रा सुरु भइसकेको छ । पोखरा प्रदर्शनी केन्द्रबाट सुरु भएको शवयात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिने गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।हेलिकोप्टर दुर्घटनामा निधन भएका सातैजनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पणपछि मन्त्री अधिकारीको शव पोखरा पठाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया