आज संसद बैठक, काँग्रेसले नरोक्ने अनुमान

प्रकाशित मिति:

काठमाण्डौ साउन ११/चिकित्सा शिक्षा बिधेयक सम्बन्धी परिमार्जित बिधेयक संसदमा पेश हुन नदिन र स्वास्थ्य क्षेत्रमा भएको बेथितिको अन्त्यका लागि अनसन बसेका डा. गोबिन्द केसीको समर्थन गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षीले आज दिउँसो १ बजे देखी संचालन हुने संसदलाई अवरुद्ध गर्छ कि गर्दैन भन्ने अनुमान शुरु भएको छ । धेरैको अनुमान डा.केसीसँग सम्झौता भई अनसन समेत तोडिइसकेको अवस्थामा संसद अवरुद्ध नहुने बिश्लेषण छ । यदि आज संसद संचालन भए सभामुखले नाम मनोनयनका लागि सभामुखले प्रस्ताव गर्ने कार्य तालिका छ । आज हुने संसद बैठकको छलफलका लागि नेकपाको संसदीय दलको बैठक समेत बसिरहेको छ । संभवत डा.केसीसँगको सम्झौता अनुसारको चिकित्सा शिक्षा बिधेयक पनि आजै संसदमा छलफलमा आउनेछ । पेश भैसके पछि यसको सैद्धान्तिक छलफलका लागि समय दिइने छ ।