नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

प्रकाशित मिति:

शिब डुम्रे/ बुटवल नेपाल कम्युनिस्ट पार्टीले रुपन्देहीले २४ औं जनयुद्ध दिवसको अबसर पारी सहिद तथा बेपत्ता परिवार अभिनन्दन समारोह आज सहिद स्मृति पार्क बनबाटिकामा सम्पन्न गरेको छ । १० वर्षे जनयुद्धको क्रममा रुपन्देहीबाट ६४ जना सहित तथा ५ जना बेपत्ता पारिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द ूबिरजङ्गूले सहिदहरुलाई स्मरण गर्दा हिजो लडेका मोर्चाहरुमा गरेको बिजयको सम्झना आउने बताए ।

हिजो जनयुद्धका नेतृत्वहरुले जनताका सपना र सहिदहरुका बलिदानलाई खेर फालेको भन्दै ती सपना पूरा गर्न एकीकृत जनक्रान्तिको मोडेल आफ्नो पार्टीले अगाडि सारेको बताए । एनसेलले ७२ अर्ब रुपैयाँ कर नतिर्दा केही नहुने तर सामान्य जनताले १ रुपैयापनि कर छुट नपाउने रु प्रतिप्रश्न गर्दै बिरजङ्गले भने झएनसेलले तत्काल कर नतिरे देशभर ध्वस्त पार्छौ ।ञ आफ्नो पार्टीले जनसत्ता, जनमुक्ति सेना सबै गठन गरिसकेको भन्दै उनले पार्टी धेरै अगाडी बढेको र आगामी क्रान्तिमा सहिद तथा बेपत्ता परिवारको महत्त्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए । पार्टीले देशब्यापी रुपमा सहिदहरुको सम्झनामा स्मृति पार्कहरु निर्माण गर्दै सहिदको बलिदानलाई उच्च मूल्याकंन गर्ने बताउदै उनले अबको निर्णायक क्रान्ति कसैले रोकेर नरोकिने बताए ।

सहिद नवराज सिम्खडाका श्रीमती एब सहिद परिवार समाज लुम्बिनीका संयोजक जया पौडेलले सहिद परिवार एकैठाउमा हुनुपर्ने र आगामी क्रान्तिको नेतृत्व गर्नेलाई साथ दिनुपर्ने बताए । हिजो मुक्तिको सपना देखाएका नेतृत्वले आज गद्दारी गरेको भन्दै आफ्ना आफन्तहरु आजको अबस्थामा ल्याउनको लागि बलिदान दिएको नभै क्रान्ति पूरा गरेर जनताको अबस्थामा परिवर्तन ल्याउनको लागि लडेको सम्झदै सपना पूरा गर्नेहरुलाई साथ दिने सहिद परिवारहरुले बताएका थिए । नेकपाका जिल्ला सचिवालय सदस्य शिशिर जिसिको संचालक एब जितबहादुर रसाईलिको स्वागतसगै सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपाका जिल्ला ईन्चार्ज शरद ओलिले गरेका थिए । अभिनन्दन कार्यक्रममा सहिद तथा बेपत्ता परिवारको तर्फबाट ५२ परिवारको सहभागीता रहेको थियो । नेकपाका महासचिव बिप्लवद्वारा हस्ताक्षरित सम्मान पत्र, नगद तथा झुल बितरण गरि सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरिएको थियो ।