नेविसंघमा सिर्जनशिलता हराउँदै छ

नेपालमा लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा अगाडी बढ्नु पर्ने बेलामा पार्टी भित्र शेरबहादर देउवा निरंकुश बन्दैछन्

प्रकाशित मिति:

मोतिलाल भण्डारी  देशकै गौरवशाली र बैभवशाली इतिहास बोकेको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ यतिखेर पार्टी मुल नेतृत्वका कारण दिशा बिहिन गतिहिन र अन्योलका बीचामा रुमल्लिएको मात्र हैन अराजकतामा रुपान्तरित बन्दै गएको छ । नेपालमा निरंकुश तानाशाहको बिगबिगी भएको बेलामा चेतनशिल विद्यार्थीहरुले नेविसंघको कल्पना गरी सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजनमा २०२७ सालमा नेविसंघको स्थापना भएको थियो । यसको उद्देश्य राष्ट्रियता प्रजातन्त्र समाजवाद र विद्यार्थी एकताको मुल दर्शन मानी नेपालमा प्रजातन्त्र स्थापना गर्ने हित र अधिकारका लागि लडाँई लड्ने यसको उद्देश्य रहेको थियो ।

चुनौतिकोबीचमा निरंकुश शासन व्यवस्थाको अन्त्य र विद्यार्थी न्यायको लागि लडाँई लड्ने स्ववियुको स्थापना २०४२ सालको सत्याग्रह २०४६ सालको आन्दोलन सफल, २०६२र०६३ सालको गणतान्त्रिक आन्दोलनमा अग्रणी योगदान गरेको नेविसंघ यतिखेर आफ्नो मौलिकता गुमाउँदै लगएको छ । सिर्जनशिलता हराउँदै गएको । विगतमा शासन व्यवस्था बदल्ने नेविसंघ यतिखेर आफ्नै पार्टीको शिकार बन्दै गएको छ । देशमा देखिएको विकृति, विसंगति, अन्याय, अत्याचार, भ्रष्ट्राचार, हत्या , हिंसा, बलात्कार र गुणस्तरिय रोजगार मूलक शिक्षाका लागि लडाँई लड्ने बेलामा नेविसंघ भाँडभैलो र अराजकता बढ्दै गएको छ । समयमा महाधिवेशन गरी आफ्नो नेतृत्व आफैं चयन गर्ने परिपाटी अन्त्य हुँदै छ । मूतल नेपाली काँग्रेस पार्टी मुल नेतृत्वको अनावश्यक हस्तक्षेपको कारण विरामी भएको नेविसंघ तमाम युवाहको सिर्जनशिलताको भरपुर उपयोग गरी संगठन निर्माणको नयाँ आयाम भित्राउनु पर्ने बेलामा एक आपसमा लडाँई झगडामा व्यतित गर्नु परेको छ । वर्तमान अवलम्बन समस्याहरुलाई समाधान गर्ने बेलामा नेपाली काँग्रेस यतिबेला नेविसंघको विधानमाथि अनावश्यक हस्तक्षेप गरी जबरजस्ती ३२ वर्ष उमेर कायम गरेको छ । दुईतिहाई कम्युनिष्ट सरकारलाई गतिलो झापड दिन सक्ने मूल संगठनलाई हस्तक्षेप गरेर काँग्रेसले आफ्नो साख गरिरहेको छ । के काँग्रेसको एजेण्डा नेविसंघमा ३२ वर्ष मात्रै हो रु के काँग्रेस पार्टी भित्र बहुमतको डण्डा चलाउने मात्र हो के काँग्रेसको एजेण्डा नेविसंघ गठनमा आफ्ना मान्छेको भर्ती केन्द्र मात्र हो के एकले अर्कालाई बदला लिने प्रतिशोध मात्र हो के हो काँग्रेसको एजेण्डा आज तमाम एजेण्डा विहिन बन्दै छ नेपाली काँग्रेस ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा अगाडी बढ्नु पर्ने बेलामा पार्टी भित्र शेरबहादर देउवा निरंकुश बन्दैछन् भने दुई तिहाई दम्भको बलमा केपी ओली निरंकुश बन्दैछन् । काँग्रेस सभापतिले विधान मिच्दै अगाडि बडेका छन् भने प्रधानमन्त्री संविधान मिच्दै निरंकुश बन्दैछन् । पार्टी भित्र, बाहिर सबै खाले अतितवाद र निरंकुशलाई अन्त्य गर्नु अहिल्यको आवश्यकता हो । नेविसंघलाई समयमा नै तदर्थ समिति गठन गरी समयमा नै महाधिवेशन सम्पन्न गरी आफ्नो नेतृत्व आफैं चयन गर्नु पर्ने तड्कारो आवश्यकता हो । जय नेपाल मोतिलाल भण्डारी नेविसंघ पूर्वकेन्द्रीय सदस्य हुन्