मोबाइलमा मेमोरी कम भए के गर्ने

प्रकाशित मिति:

एजेन्सी – हरेक स्मार्टफोन प्रयोगकर्ताले लो मेमोरीको समस्या भोगि रहेका हुन्छन् ।  अझ , सेटमा माइक्रो एसडि कार्ड नभए त इन्टरनल मेमोरी झनै चाडो भरिन्छ । स्पेस कम भएकै कारण  प्रयोगकर्ताले भिडियो राख्न सक्दैनन् । यहाँ सम्म कि नयाँ  ऐप्स पनि एन्सटल गर्न सकिनेछैन । यदि  प्रयोगकर्ताले चाहे भने लो मेमोरीको यो समस्या ६ सरल उपायमै समाधान गर्न सक्नेछन् ।

१. क्याच र डाटा क्लियर गर्नुहोस् ।  सेटिङ स्टोरेज हुदै एप्समा जानुहोस ।  ऐप्सलाई ओपन गरेर स्टोरेजमा जानुहोस । तपाईले क्लियर डाटा र  क्लियर क्याच अप्सन देख्नुहुनेछ । तपाई दुवैलाई क्लियर गर्नुहोस् ।  अर्को, सेटिङ स्टोरेज हुदै इन्टरनल स्टोरेज र क्याच डाटामा जानुहोस । यो सेटिंगबाट प्रयोगकर्ता फोनको इन्टरनल मेमोरीको क्याच डाटाको क्लियर गर्न सक्नेछन् । २. ऐप्सलाई माइक्रो एसडि कार्डमा सार्नुहोस ।   यसो गर्नाले एप्स माइक्रो एसडि कार्डबाट चल्छ र मोबाइल ह्याङ हुदैन । यसको लागि  सेटिङ स्टोरेज हुदै एप्समा जानुहोस । यदि ऐप्समा ‘मुभ टु कार्ड’को  अप्सन आएमा  इन्टरनल मेमोरीमा मूभ गर्न सकिनेछ । केहि ऐप्स  भने फोनको रजिस्ट्रीसँग जोडिएका हुनाले  मुभ गर्न मिल्दैन ।  ३. गूगल फोटोजको प्रयोग गर्नुहोस । गूगलले प्रयोगकर्तालाई १५ जिबिसम्म फ्री क्लाउड स्पेस दिएको । तपाई आफ्ना फोटो तथा भिडियो यहाँ राख्न सक्नुहुनेछ ।

साथै  तपाई गुगल फोटोजमा गएर अटोमेटिक ब्याकप अन गरेर ति तस्विरका व्याकप पनि लिन सक्नुहुनेछ । ४. लाइट ऐप्सको प्रयोग गर्नुहोस ।  फेसबुक, म्यासेन्जर , युट्युब समेत कयौ ऐप्स फोनको इन्टरनल मेमोरीमा इन्स्टल हुन्छन् । ऐप्स अपडेट पनि भइरहन्छन् । अपडेटले  ऐप्सको साइजलाई कयौ गुणा बढाउछ । तर यी सबै ऐप्सको प्ले स्टोरमा लाइट भर्जन पाइन्छन । लाइट भर्जन फोनको इन्टरनल मेमोरीमा कम स्पेस लिन्छ । साथै , फोन पनि स्लो हुदैन । ५. क्लाउड स्टोरेजको प्रयोग गर्नुस । तपाई  फोनको इन्टरनल मेमोरीमा रहेका सबै डाटा  क्लाउड स्टोरेज लिने ऐप्स ड्रप बक्स , बानड्राइभ र गुगल ड्राइभमा सिफ्ट गर्नुहोस । क्लाउड स्टोरेजमा युजर आफ्नो डाटा लाइफटाइमको लागि स्टोर गर्न सक्दछ । ६. पुराना डाटा डिलीट गर्नुस  । तपाईले फोनमा डाउनलोड भएका पुरानाडाटा डिलिट गर्नुहोस । साथै फोनमा भएका ब्राउजरको डाटालाई पनि डिलीट गर्नुहोस ।

थप समाचार