बर्दघाट /नवजिवन माध्यमिक विद्यालय बर्दघाट ४ बाढिपिडितको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा नौ का विद्यार्थीहरुद्धारा कक्षा १० विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ । नव प्रतिभा समुह कक्षा ९ की छात्रा जानकी क्षेत्रीको अध्यक्षता, विद्यालय ब्यवस्थापन समितीकी अध्यक्ष मञ्जु चालिसेको प्रमुख आतिथ्यता एवं शिक्षक अभिभावक संघका अध्यक्ष रेखा सुनारको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका छन ।
कार्यक्रममा मयााके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका थिए । कार्यक्रममा अतिथिको रुपमा विद्यालयका पुर्व विद्यार्थी एवं विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणकर्ता एम कुमार ढुंगाना, विद्यालयका सहायक प्रअ जानकी भण्डारी, शिक्षक बाबुराम घिमिरे, दिलिप शर्मा, कक्षा १० को विद्यार्थीको तर्फबाट छात्रा दिब्य बस्याल र सगिंता भुर्तेलले मन्तब्य राख्नुभएको थियो । कक्षा नौ की छात्रा गोमा नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा नौ की छात्रा अकिंता चौधरी र छात्र चेतन रायले सयक्त रुपमा गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतीक कार्यक्रम समेत गरिएको थियो ।