बालिका हत्या गर्ने जोडीलाई जन्मकैदको फैसला

प्रकाशित मिति:

सप्तरी । आफ्नो प्रेम सम्बन्धलाई मूर्त रुप दिन बालिकाको हत्या गर्ने एक जोडीलाई जन्मकैदको फैसला सुनाइएको छ ।करिब अढाई बर्षअघि डेढ बर्षीया बालिकाको हत्या गर्ने यी जोडीलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो ।कर्तव्य गरी मारेर शव खोलामा बगाएको देखिन आएको भन्दै अदालतले थप ६ महिना कैदको सजाय सुनाएको छ ।सप्तरीको साविकको मलेकपुर गाविस १ का शिवशंकर माली र उनकी प्रेमका र अहिलेका पत्नी रानी देवी मण्डल मिलेर सोही ठाउँकी डेढ बर्षीया छोरी प्रमिला मण्डलको १२ साउन २०७३ मा हत्या गरेका थिए ।

त्यसबेला शिवशंकर र रानीदेवीबीच प्रेम सम्बन्ध भएको र त्यही बेला यी दुबैले प्रमिलाको हत्या गरेका थिए ।सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले माली र मण्डललाई जन्मकैदको फैसला सुनाएको हो ।फैसलामा भनिएको छ, ‘कर्तव्य गरी मारिसकेपछि लास दबाउने अभिप्रायले खोलामा बगाएको देखिँदा त्यसरी लास बगाए वापत निज प्रतिवादीहरुलाई जनही थप ६ महिना कैदको सजायसमेत हुने ठहरिन्छ ।’