विद्यालयमा चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज । विद्यालयमा चोरी गर्ने दुईजनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । प्रहरीले कोल्हवी नगरपालिका २ बस्ने सूर्या भन्ने गोबिन्द चौधरी र वडानम्बर १ का सुदीप चौधरीलाई पक्राउ गरेको हो ।फागुन १३ गते राति बाराको कोल्हवी नगरपालिका(१ स्थित अनुप दिपनी उच्च माविको पुस्तकालय भित्र रहेको ल्यापटप, प्रोजेक्टर, बुफर र आईडी कार्डसमेत चोरी गरेको आरोप उनीहरु माथि लागेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । त्यसपछि घरकोठा खानतलासी गर्दा चोरी भएको मालसमान र धनीको पहिचान नभएको २ थान मोबाइल र हार्ड वेयरका सामानसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट पसलहरू फुटाउन प्रयोग गरिने फलामको रडसमेत फेला परेको दावी गरेको छ ।उनीहरुविरुद्ध चोरी मुद्धामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।