तुलसीपुरमा तरबार प्रहार, एक जना गम्भीर घाइते

प्रकाशित मिति:

दाङ – तुलसीपुरमा शुक्रबार दिउँसो ३ बजेतिर एक युवामाथि अपरिचित समूहले तरबार प्रहार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४, रक्षाचौर निवासी अन्दाजी २४ वर्षीय गणेश हमालमाथि तरबार प्रहार भएको हो ।तरबार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ ।

हमाल ट्याक्सी समितिका कर्मचारी पनि हुन् । तुलसीपुर(सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चाररपाँच जनाको समूहमा आएका नचिनेका युवाहरुले उनीमाथि तरबार र खुकुरी प्रहार गरेका थिए ।उनीहरु सबै मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन् । हिँडेरै आएका उनीहरुले हमालमाथि आक्रमण गरेपछि भागेका थिए । खाजी गर्ने क्रममा फरार युवाहरुलाई प्रहरीले नियन्त्रणमा ल्याएको छ ।