अटो–रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते

प्रकाशित मिति:

दाङको तुलसीपुरमा अटो–रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको रा १ ह २१८७ नम्बरको अटो रिक्सा तुलसीपुर १० गोलौरामा दुर्घटनामा परी पाँच जना घाईइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ का ३५ वर्षीया शुसिला मल्ल, उनकी पाँच महिनाकी छोरी समीक्षा मल्ल, तुलसीपुर ११ कै २३ वर्षीय कपिल भण्डारी, सोही वडाकै ३० वर्षीया दीपा चन्द, तुलसीपुर ५ निवासी ३९ बर्षीया मुना चन्द घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।