जाजरकोटमा क्षेत्रिय महिला भलिवल प्रतियोगिता हुने

प्रकाशित मिति:

जाजरकोट/जाजरकोटमा फागुन १८ देखि २१ गते सम्म क्षेत्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । आठौं राष्ट्रिय खेलकुदका लागि भलिबलमा कर्णाली प्रदेशवाट महिला खेलाडी छनोट गर्नका लागि क्षेत्रिय प्रतियोगिता गर्न लागिएको हो ।

जाजरकोटमा पहिलो पटक आयोजना हुन लागेको क्षेत्रिय महिला भलिवल प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशको आयोजनामा सञ्चाल हुने उक्त भलिवल प्रतियोगिता खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरवहादुर वस्नेतले बताउनुभयो ।उहाँले जिल्लामा पहिलो पटक आयोजना हुन लागेको क्षेत्रिय स्तरको भलिवल प्रतियोगितालाइ भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी गरिएको बताउनुभयो । प्रतियोगितामा जाजरकोट, सुर्खेत, रुकुम पस्चिम, सल्यान, दैलेख, कालीकोट, मुगु, हुम्ला, डोल्पा जुम्ला जिल्लाका एक सय महिला खेलाडीहरको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।