मन्त्री पुनको स्वास्थ्यमा सुधार नआएपछि केही दिन अस्पतालमै राखिने

प्रकाशित मिति:

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनलाई नर्भिक अस्पतालमै राखिने भएको छ । पुर्ण रुपमा उहाँको स्वास्थ्यमा सुधार नआएपधि मन्त्री पुनलाई अस्पतालमै राखिने भएको हो । हेलिकप्टर दृुर्घटनामा परेर दिवागंत हुनुभएका रवीन्द्र अधिकारीका बुबा आमासँग भेटघाट गरिसकेपछि उहाँ तनावका कारण भएर ढल्नु भएको थियो । त्यस लगत्तै मन्त्री पुलाई उपचारकालागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुका अनुसार तनावका कारण उहाँको मुटुको रक्तचाप नियमित हुन सकिरहेको छैन् । यद्यपी स्वास्थ्य भने सामान्यन नै रहेको डाक्टरहरुको भनाई छ । मन्त्री पुनलाई शुक्रबार नै डिस्चार्ज गरिने भनिए पनि केही दिन निगरानीमा राखेर उपचार गर्नुपर्ने आवाश्यकता देखिएकाले अझै केहीदिन अस्वतालमै राखिने उहाँको उपचारमा संलग्न डाक्टरहरुको भानाई छ ।

थप समाचार