आज विजया एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन, २०७५ फागुन १८ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १८ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको विजया एकादशी तिथि दिवा १२।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र विहान ७।५७ बजेसम्म रहनेछ । यसैगरी आज व्यतिपात योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३० मा छ भने सूर्यास्त बेलुका ६।०४ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । फागुन कृष्णपक्षको एकादशीलाई विजया एकादशी भनिन्छ । कार्यमा सफलता प्राप्तिका निम्ति आजको व्रत फलदायी रहनेछ । एकादशी विष्णु भगवान्को प्रिय दिन हो । आज व्रत धारण गरी भगवान्का लीलाकथा श्रवण गर्नाले मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०