अभिनन्दन वर्तमान: पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट भारतलाई

प्रकाशित मिति:

भारत – पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।

उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो। चिकित्सकीय परीक्षण उनलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयकी अधिकारी फारेहा बुट्टी आएकी थिइन्। सेनाको प्रचलनअनुसार उनलाई चिकित्सकीय परीक्षणका लागि लगिँदैछ। मुक्त हुनुअघि वर्तमानले पाकिस्तानी टीभीलाई पाकिस्तानी सेनाबाट आफू “धेरै प्रभावित” भएको बताएका थिए। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए। भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए।

वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो। तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, “हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।” पाकिस्तानले भारतीय लडाकु विमानका पाइलट फिर्ता गर्नुको अर्थ भारतीय लडाकु विमानका पाइलटलाई मुक्त गर्ने पाकिस्तानको घोषणा अभिनन्दन वर्तमानलाई स्वागत गर्न भारतको पन्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि जाने इच्छा राखेका थिए। तर मर्यादा भङ्ग होस् भनेर उनी सीमामा गएनन्।