जुम्लामा पहिलो महिला सिडिओ दुर्गा बञ्जाडे

जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी सिडिओ  को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्

प्रकाशित मिति:

जुम्ला– जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी सिडिओ  को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा बञ्जाडे ४० औ सिडियो हुन।  पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय निकै खुसी छन्। उनीहरुले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै यहाँका हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृतिको विकास हुँदै जाने अपेक्षा गरेका छन्। सिडिओ बञ्जाडे जुम्लाको हरेक सकारात्मक अभियानमा सबै एक साथ भएर लाग्ने बातावरण सिर्जना गर्ने बताउँछिन्। उनले भनिन्, ‘म जुम्लाको सिडियो भएर आएकी छुँ, आफूले जानेको, भोगेको र अनुभव गरेको सबै बिवेक प्रयोग गरेर अघि बढ्छु। बलबुतोले भ्याएसम्म, ऐननियमले निर्दिष्ट गरे सम्मको अधिकार प्रयोग गरेर भएपनि राम्रो काम गर्छु। सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउनमा पहल थाल्ने छुँ। पहिलो दिनमै उनले कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्र र सुरक्षा निकायका प्रतिनिधिसंग बैठक बसालिन्। जिल्लास्थित पत्रकारसंग पनि भेटघाट गरेर आफ्ना् आगामी योजनाका बारेमा जानकारी गराइन्। सिडिओ बञ्जाडेले भनिन् म सफल हुने वा असफल हुने भन्नेमा तपाईहरुको पनि भूमिका रहनेछ। अक्षरखेतीमार्फत प्रभावकारी सूचना प्रवाहमा जोड दिनुहुनेछ। सधैंभरी सुझाव सल्लाह दिएर सेवाग्राही र सेवाप्रदायक कार्यालय बीचको सम्वन्धलाई प्रगाड बनाउनमा सहयोग मिल्ने छ। जुम्लाको शान्ति सुरक्षा र बिकास निर्माणमा भएका सकारात्मक कामलाई उजागर गर्दै नकारात्मक पक्षलाई लेखनशैलीका माध्यमवाट खबरदारी गर्न आग्रह गरिन्। सिडिओ बञ्जाडेले बिपद् शान्ति सुरक्षा जस्ता कठिन मोेडमा पनि हातेमालो गर्दै अघि बढ्ने बताउँदै चाहना भन्दा पनि आवश्यकतालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिइन्।

उनले कर्णालीमा काम गर्ने अबसरका लागि सरकारसंग पटक पटक माग गरेको बताउँदै कर्णालीको जुम्ला नै रोजाईमा परेको सुनाइन्। कानुनी शासन कार्यान्वयन गर्न र सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्नको लागि सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता सुनाइन्। साथ, सहयोग र भरोसा भनेकै जुम्लाबासी हुन। सबै मिलेर सुखद सन्देश छर्न सफल बनौँ। छुटटछुट्टै पेशा व्यवसाय भए पनि संग संगै अघि बढौं। जुम्लामा पहिलो पटक महिला सिडिओ आएपछि स्थानीयले थुप्रै अपेक्षा गरेका छन्। कतिपय ठाउँमा निकै कठोर बन्नु पर्छ, कुनै समयमा निकै नरम बन्नु पर्ने अवस्था आउन सक्छ। उनले भनिन्, ‘कठोरमा आत्तिनु हुँदैन्, नरम भएको समयमा मात्तिनु हुुँदैन। सधैँ एकैनासको रफ्तारमा अघि बढे सफलताको शिखरमा पुग्न सकिन्छ, त्यसमा दुईमत छैन्। पत्रकारहरुले स्थानीय तहले राज्यको सम्पतिको दोहन गरेको, कानुन भन्दा पनि भनसुनका आधारमा कामकाज अघि बढेको, सार्वजनिक सरोकारका बिषयमा र नागरिकले सास्ती पाइरहेको बिषयलाई ख्याल ख्यालमा लिने गरेको दुखेसो पोखेका थिए। नेपाल टेलिभिजनका जुम्ला संवाददाता कर्णबहादुर भण्डारीले भने अहिले पारदर्शिताको खाँचो छ यो कदम अघि बढोस, हामी साथ दिन्छौं, निडरका साथ अघि बढ्नुस।

जुम्लाको पहिलो सफल महिला सिडिओको परिचय दिनुस। यसैमा जुम्लाबासीको सन्तुष्टि लुकेको छ। स्थानीय सरकार हाबी हुँदा पनि नियमक निकाय नभएको गाउँमा सुरक्षाको अभावमा बैंक र बजेट जाने गरेको, जनप्रतिनिधि निकै अराजक बन्दै गइरहेको दुखेसो पत्रकारले सुनाएका थिए। महिला अधिकारकर्मी दिलामाया शाही सरकारी कार्यालयमै धम्रपान, मध्यपान सेवन गरि सेवाग्राहीको काम प्रभावित हुने गरेको बताउँछिन्। उनले भनिन्, ‘समाजमा बढ्दो बालविवाह, बहुबिवाह र छाउपडि प्रथा न्युनिकरणमा पहल चाल्नु पर्यो। सिडिओ बञ्जाडेले भविष्यमा आउन सक्ने संकट भुत र बर्तमानलाई समेत गहिरो तरिकाले बुझ्ने बताइन्। सरकारी कार्यालय र उसले दिने सेवाका बिषयमा कार्यालय प्रमुखको बैठकमा बृहत बहस चलाउँछु  उनले भनिन् कानुन कार्यान्वयनमा शून्य सहनशीलता अपनाउँदै कानुनी शासन स्थापित गर्छौं। भ्रष्टाचार प्रति शून्य सहनशीलता अपनाउँछौं। पहिलो पटक जुम्लामा आएकी महिला सिडिओलाई बिमानस्थलमै भव्य स्वागत गरिएको थियो। मध्यपश्चिम क्षेत्रमा नेपालगञ्जमा यसअघि उसा नेपाल सिडिओ भएकोमा अहिले जुम्लामा दुर्गा बञ्जाडे आइपुगेकी हुन्। सूचनाको हकलाई मजबुद बनाउँदै समन्वय, सहकार्य र सह अस्तित्वको लागि सदैव जुम्लाबासीसंग एकाकार भएर लाग्ने सिडिओ बञ्जाडेको भनाई छ।