चिनीको उपयोगीता : भाडाँ चम्काउन देखि साङ्गलो भगाउन

प्रकाशित मिति:

गुलियो र मिठो चिनी खानअघि धेरैले नाक खुम्च्याउन थालेका छन् । मान्छेमा भय छ, चिनीप्रति । चिनी सेवन गर्दा शरीरलाई बेफाइदा गर्छ भन्ने कुरा व्यापक भएको छ । यद्यपी हाम्रो भान्सामा कहिल्यै नटुट्ने जिनिस हो चिनी । भलै चिनीले स्वास्थ्यमा फाइदा नगर्न सक्छ तर कतिपय कुरामा यसको प्रयोग निकै प्रभावकारी हुन्छ । चिनीलाई खानका लागि होइन, त्यसबाहेकका काममा पनि प्रयोग गर्न सकिन्छ । चिनीको प्रयोग भाँडावर्तन चम्काउनका लागि गर्न सकिन्छ । साङ्लो भगाउन सकिन्छ । यसलाई सौन्दर्य प्रसाधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।कोइला बनाउन कोइला बनाउन एउटा काँचको भाडामा चिनी र सल्फ्युरिक एसिडलाई बराबर भागमा मिलाउनु पर्छ । अब यसलाई केही समय यत्तिकै छोडिदिनु पर्छ । भाडाँ चम्काउन पानीको प्रयोग हुने भाडाहरुमा पानीको दाग अक्सर रहने गर्छ । जुन सजिलै हटाउन पनि सकिदैन । यसलाई हटाउन र भाडालाई चम्काउनका लागि पानीमा चिनी मिलाएर एक घण्टा छोडिदिनु पर्छ । जसले गर्दा भाडामा जमेको दाग आफै हटेर जान्छ ।

साङ्गलो भगाउन साङ्गलोलाई रोगको बाहक पनि भनिन्छ । घरमा साङ्गलो भएमा यसले विभिन्न समस्या निम्त्याउने गर्छ । यसलाई भगाउन दश ग्राम बोरिक एसिड पाउडर, ठूलो चम्चाको एक चम्चा चिनी , ठूलो चम्चा दही र एउटा ठूलो चम्चाको एक चम्चा गहुँको पिठोलाई मिसाएर डल्लो बनाउने । यो डल्लोलाई दराज तथा कोठामा राखेको खण्डमा साङ्गलो आउँदैन । फूलदानीमा राखिएको पानी सड्नबाट बचाउनफूलदानीमा राखिएको पानी छिटो नविग्रियोस् भन्ने चाहनुहुन्छ भने दश  बार्‍ह लिटर पानीमा एक औंस हाइड्रोजन सल्फेट मिसाएर त्यसमा थोरै चिनी हाल्नोस् । ताकी फूल १५   ,२० दिनसम्म ताजा रहोस् । पोलेको जिब्रो ठिक गर्न तातो चिया वा कफीका कारण जिब्रो पोलेमा केही दाना चिनीलाई जिब्रोमा राख्नाले पोलेको दुखाई तुरुन्त कम हुन्छ ।

लामो समयसम्म लिपस्टिक टिकाउन लामो समयसम्म लिपस्टिक टिकाउन ओठमा थोरै चिनी लगाउनस् । अब यसलाई केही समय ओठमा टासिन दिनुस् । अब ओठमा बाँकी रहेको चिनीलाई औलाको सहायताले पानीमा भिजाएर ओठमा सेट गर्नुस् । यो उपाय गर्नाले ओठको लिपस्टिक लामो समयसम्म टिक्छ । पेडिक्योर कुर्कुच्चा ता खुट्टामा जमेको कडा छाला हटाउन चाहनुहुन्छ भने साबुन वा जेलमा एक चिम्टी चिनी मिसाएर खुट्टामा लगाउनुस् । अब प्यूमिस टोनको उपयोगद्धारा यसलाई हटाउनुस् । यसले खुट्टाको कडा वा जमेको छाला निकाल्न मद्दत गर्छ । वरफ पगाल्न जमेको बरफलाई पगाल्न नुनको प्रयोगबारे धेरैले सुनेका छौ । तर चिनीको बारेमा धेरै कमलाई मात्र जानकारी हुनसक्छ । चिनीको प्रयोगद्धारा पनि जमेको वरफलाई सजिलै पगाल्न सकिन्छ । बदामलाई विग्रन नदिन बदामलाई विग्रनबाट जोगाउन एउटा भाँडामा तीन(चार चम्चा चिनी राख्नु पर्छ । त्यसपछि उक्त भाडामा बदाम राखेमा वर्षौवर्ष सम्म पनि बदाम विग्रदैन ।