मिस प्लानेट इन्टरनेसनलमा नेपाल

प्रकाशित मिति:

एजेन्सी \ क्याम्बोडियामा यही वर्षदेखि प्रारम्भ हुन गैरहेको मिस प्लानेट इन्टरनेसनल–२०१९ मा नेपालका तर्फबाट अस्मिता शर्माले सहभागिता जनाउँदै छिन् । प्रतियोगिताका लागि रुपन्देही निवासी अस्मिता हाल विश्वका ३८ मुलुकका सुन्दरीहरूसँग प्रतिस्पर्धा गरिरहेकी छिन् । मार्च २ अर्थात् यही फागुन १८ गते क्याम्बोडियाको नोम पेन स्थित डायमन्ड आइल्यान्डको पिक थिएटर मिस प्लानेट इन्टरनेसनल–२०१९ को ग्रान्ड फिनाले संचालन हुनेछ । यो प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था मर्निङ ग्लोरी इन्टरटेनमेन्टले अस्मितालाई मिस प्लानेट नेपाल–२०१९ का रुपमा चयन गरेपछि उनले मिस प्लानेट इन्टरनेसनल–२०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । सम्पूर्ण प्राणी जगत्को आश्रय स्थल हाम्रो ग्रहको संरक्षण एवं संवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने पर्फेक्ट महिला चयन गर्ने उद्देश्यसहित मिस प्लानेट इन्टरनेसनल सञ्चालनमा ल्याइएको बताइएको छ ।