अर्धाखाचीमा काग्रेसद्धारा बृहत सभाको तयारी

प्रकाशित मिति:

बुटवल । अर्धाखाचीको छत्रदेवमा यही फागुन २९ गते नेपाली काग्रेसले बृहत सभा गर्ने भएको छ । काग्रेसका लोकप्रिय नेता स्वर्गिय राममणि ज्ञवाली, शिवलाल पोख्रेल र पदमचन्द्र श्रेष्ठको स्मृतिमा अर्धाखाचीको छत्रदेव गाऊँपालिका-४मा रहेको रा.शि.प. स्मृति प्रतिष्ठानको उद्घाटन कार्यक्रम सहित बृहत सभाको आयोजना गरीएको हो । काग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य गगन थापा सहितका केन्द्रिय सदस्यहरुको उपस्थितिमा हुने सभालाई भब्य बनाउन काग्रेसले बिशेष तयारी गरेको छ । सोही कार्यक्रममा काग्रेसका लोकप्रिय नेताहरु राममणि ज्ञवाली,शिवलाल पोख्रेल र पदमचन्द्र श्रेष्ठको शालिक पनि उदघाटन गर्ने कार्यक्रम रहेको छ । उहाहरुलाई तत्कालिन माओवादी कार्यकर्ताले जनयुद्धमा हत्या गरेका थिए । सभामा अर्धाखाची जिल्लाका काग्रेसका कार्यकर्ताका अतिरिक्त अर्धाखाचीबाट काम बिशेष र बसाई सरी बिभिन्न जिल्लामा पुगेका काग्रेस नेता कार्यकर्तालाई पनि सहभागि गराउने तयारी काग्रेसले गरेको छ ।

त्यसका लागि बुटवल, काठमाण्डौ, पोखरा, दागं, नेपालगञ्ज लगायतका स्थानमा अर्धाखाचीबाट बसाई सरेका र काम बिशेषले पुगेकाहरुसंग काग्रेसले अन्तरक्रिया तथा छलफलको कार्यक्रम राखेको छ । यसैक्रममा  बुटवलमा छत्रदेवबाट रुपन्देहीमा आई बसोबास गरेका काग्रेस समर्थकहरुको बिशेष भेला सम्पन्न भएको छ । बिशेष भेलामा बोल्दै काग्रेस अर्धाखाचीका सचिव बिष्णु प्रसाद भुसालले काग्रेसको ऐतिहासिक किल्ला रहेको छत्रदेवको कार्यक्रमलाई भब्य बनाउन र राणा र पञ्चायती व्यवस्था बिरुद्ध लडेका लोकप्रिय नेताहरुको सम्मानका लागि कार्यक्रममा सहभागि हुन अर्धाखाचीबाट बुटवल आई बसोबास गरीरहेका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाले देशभरी कम्युनिष्ट जनप्रतिनिधिले बिलासी जीवन बिताई भ्रष्टाचार गरीरहदा छत्रदेवमा काग्रेसका प्रमुखले उदाहरणीय काम गरेर जनताको मन जितिरहेको बताउनु भयो । उहाले भन्नुभयो त्यहाका जनप्रनिधिको हौसलाका लागि पनि काग्रेस समर्थकले सहयोग गर्नुपर्दछ । भोजराज पाण्डेको सभापतित्व, सुरेशचन्द्र भट्टराईको सञ्चालन र रण बहादुर खनालको स्वागतमा भएको कार्यक्रममा काग्रेसका पुराना नेता तथा काग्रेस रुपन्देही सम्पर्क सदनका सभापति तुल्सी प्रसाद भुसाल, नेबि संघका पुर्व केन्द्रिय सदस्य टंक पाण्डे, प्रवासी जनसम्पर्क समितिका सहमहामन्त्रि बिष्णु प्रसाद पाण्डे,सम्पर्क समाजका उपाध्यक्ष टिकाराम बञ्जाडे लगायतले बोल्नु भएको थियो । सोही भेलाबाट भोजराज पाण्डेको नेतृत्वमा  काग्रेस छत्रदेव-रुपन्देही सम्पर्क सदन समेत गठन गरीएको छ । समितिको सहसंयोजकमा साबिकको चिदिकाबाट नारायण टण्डन, बल्कोटबाट गुणनिधि खनाल र भगवतीबाट गोपाल न्यौपाने, सचिवमा  विश्वमणी भुषाल र कोषध्यक्षमा सिता पौडेल रहनु भएको छ ।त्यस्तै सदस्यमा तुल्सीराम खनाल, नबिन पौडेल, बिष्णु पौडेल, तिलक पाण्डे, राजु सापकोटा, रमेश पाण्डे, बिश्वमणि भुसाल, लोकनाथ पोखरेल, सुरेशचन्द्र भट्टराई, गोबिन्द बञ्जाडे, कमल भुसाल, नवराज न्यौपाने रहनु भएको छ । भेलाले छत्रदेव-रुपन्देही तरुण र बिद्यार्थीका पनि २ वटा छुट्टाछुट्टै समिति गठन गरेको छ ।