बुटवल जेसीजमा युवा व्यवसायि लक्षित तालिम सम्पन्न

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
105 Shares


बुटवल । बुटवल जेसीजले युवा ब्यवसायिलाई लक्षित गरी आयोजना गरेको तालिम सम्पन्न गरेको छ । बुटवल जेसीजको तालिम हलमा सम्पन्न भएको तालिममा चार्टड एकाउण्टेन प्रेम भुर्तेल र बुटव उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । तालिममा कर तथा भ्याटमा आएको परिवर्तन र ब्यवशायिक क्षेत्रका अवसरहरुको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो  अन्तरक्रियात्म रुपमा सम्पन्न भएको तालिम उपलब्धी मुलक रहेको सहभागिहरुले बताएका छन् । तालिममा विभिन्न पेशा ब्यवसायमा सहभागि ३५ जना भन्दा बढि युवाको सहभागिता रहेको थियो ।बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले ब्यवसायलाई ब्यवस्थित र विस्तार गर्न लेखा प्रणालि महत्वपुर्ण हुने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो । प्राविधिक कुराको जानकारी संगै युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न तालिम सफल भएको न्यौपानेको भनाई छ । उहाँले आफ्नो कार्यकालमा युवाहरुलाई उद्यमशिलतामा प्रेरित गर्न आगामि दिनमा समेत यस्ता कार्यक्रम आयोजन गर्ने बताउनु भएको छ । न्यौपानेको अध्यक्षता, महासचिव राजिव गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार मथुरा पिया,संयोजक बालकृष्ण् पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना