चल्यो संसद, चिकित्सा शिक्षा बिधेयक प्रस्तुत हुने

प्रकाशित मिति:

काठमाडौं । स्वास्थ्य क्षेत्रको बेथिति अन्त्यका लागि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई लिएर अवरुद्ध हुँदै आएको संसद् केसीसँगको सहमति सँगै आजबाट बैठक सुचारु भएको छ । यसअघिका बैठक केसीका मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको थियो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि गगनकुमार थापाले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सरिता गिरीले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची छ ।