चियाको कपमा तूफान आयो तर सहमतिमा बैठक टुंगियो 

प्रकाशित मिति:

 दुर्गा दाहाल उत्तरी क्यालिफोर्नियाको स्यान फ्रान्सिस्को शहर विश्वमै चर्चित एक रमणीय स्थल हो । यस्का निकटवर्ती क्षेत्रहरूलाई बे( एरिया भनिन्छ र यहाँ नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको छ । यहाँका अग्रज सामाजिक अभियन्ताहरूले सामाजिक उत्थान र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । क़रीब २२हज़ार ४ सय भन्दा अधिक नेपालीहरूको बसोबास रहेको यो स्यान फ्रान्सिस्को बे एरियामा नेपाली विद्वान तथा बुद्धिजीवी, वैज्ञानिक  प्राध्यापक अनुसन्धाता कानूनविद पत्रकार इन्जीनियर व्यवसायी र विविध क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको बसोबास रहेको छ । तर अपेक्षित मात्रामा नेपाली समुदायले प्रगति उन्नति गर्न नसकेको स्थिति विद्यमान छ । हामी संसारको सबैभन्दा प्रजातांत्रिक सभ्य र समृद्ध महादेशमा छौँ । तदनुरूप नेपाली समाज र समुदायले पनि प्रजातांत्रिक शैली र संस्कारबाट सुसज्जित हुनु ज़रूरी छ । विदेशमा हाम्रो परिचय नेपाली हो । जात धर्म वर्ण सम्प्रदाय जेसुकै भएता पनि हामी सबै नेपाली हौँ । स्थानीय तहको संघ संस्थामा भरसक चुनाव नगरि सहमतिको आधारमा अघि बढनु हितकारी देखिन्छ ।नेतृत्वमा आउने ईच्छुक समाजसेवीले तन मन धन कर्म र वचनले सहयोग गरि अन्यहरूले भन्दा बढी समय र शक्ति, नैतिकता, बौद्धिकता र तदारूकता देखाउनु पर्ने हुन्छ । समाजमा हरेक व्यक्तिको व्यक्तित्व र अस्तित्वलाई स्वीकार्नु पर्ने हुन्छ । व्यक्तिगत सीमित स्वार्थका लागि सामुदायिक हित र स्वार्थलाई आघात पुर्याउनु हुँदैन । सामाजिक पृष्ठभूमि, व्यक्तिगत योगदान वरिष्ठता बौद्धिकता विनयशीलता र इमान्दारितालाई समेत ध्यानमा राख्नु पर्ने हुन्छ । बे एरियाबासी नेपालीहरूको उज्जवल भविष्य छ । तर, सामाजिक सद्भाव र सहनशीलता एकता धैर्यता तथा लगनशीलता बिना सामुदायिक कार्यक्रमहरू संचालन गर्न कठिन मात्रै हैन असंभव हुन जान्छ ।

समाजसेवी हुनु पनि त्यति सजिलो छैन शब्द र भाषणहरूको समाजसेवी मात्रै भएर हुन्न । कार्यमा अनुवाद र रूपान्तरण गर्न सक्नु पर्छ । हाम्रो समाजलाई यहाँसम्म ल्याई पुर्याउने सबै सबै सामाजिक अभियन्ता हरूलाई आदर र अनुग्रहले हेर्नु पर्छ र उहाँहरूलाई त्यसको श्रेय दिनै पर्छ । बे एरियाको नेपाली इतिहासमा उहाँहरूको नाम स्वर्णिम अक्षरले लेखिनु पर्छ । धन्यवादको पात्र हुनुहुन्छ उहाँहरू ।सामाजिक सद्भाव र एकता बनिरहोस भन्ने हेतुले प्रतिनिधिमूलक कैयौँ बैठक बसिसक्दा पनि उम्मेदवार हरूको बिचमा सहमति हुन नसक्नु अत्यन्त दुस्खद र पीड़ादायी विषय हो । संभवत यो हामी नेपालीहरूको सामाजिक र मानसिक रोग हो अपवाद बाहेक । वृहत्तर सामाजिक र सामुदायिक स्वार्थका लागि नभई अन्यान्य अन्तर्निहित कुराहरूले गर्दा दुवै पक्षले अडान लिनु र निम्नतम लचकता पनि अपनाउन नसक्नुले चिन्ताको अर्को शृंखला थपिएको छ र यहाँको नेपाली समाजले सामुदायिक भवन निर्माणको प्रसवपीडा समेत खप्नु परेको छ ।बैठकमा उपस्थित नभएता पनि बे एरियाबासी सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरूको चाहना पनि सहमति मार्फ़त भातृत्वपूर्ण ढंगले पालै (पालोसंग समाजसेवामा सकृय भए हुन्थ्यो भन्ने छ ।समाजसेवा व्यवसाय हैन मानवीय र सामुदायिक धर्म हो । यो स्वयमसेवा हो । यस्मा नि स्वार्थ पवित्र भावना हुनु अत्यावश्यक हुन्छ । समाजसेवा गर्न पद नै चाहिन्छ भन्ने छैन । जुनसुकै उमेरमा, समय र शक्ति भएसम्म गर्न पाउने सुविधा हो । अत मिलिजुली काम गर्नु उचित हुन्छ ।समाज र समुदायमा के भै रहेको छ र के पाकि रहेको छ भन्ने कुराबाट सबैजना सुसूचित हुन पाउने अधिकार सुरक्षित भएकाले र ज़िम्मेवारी तथा पारदर्शिता अनिवार्य शर्त भएकाले आजको तारीखमा NANC को स्थिति र अवस्था के छ भन्ने हेतुले यो सामग्री यहाँ प्रस्तुत गरिएको हो । यस्मा पंक्तिकारको ठूलो स्वार्थ लुकेको छ ।

त्यो होस् वृहत्तर सामाजिक स्वार्थ जुन समाज र समुदायमा ऊ पनि जीवित छ र समाज स्वस्थ भए ऊ पनि स्वस्थ हुने आशा, विश्वास र सपना पाल्दछ ।हिजो अर्थात फ़रवरी दिनांक २८ वृहस्पतिवारका दिन एउटा प्रतिनिधि बैठकले दुवै उम्मेदवार हरूलाई उपस्थित गराई सहमतिमा ल्याउने अधिकतम प्रयास र अनुनय विनय गर्दा पनि दुवैजनाले आफ्नो अडान नछोडेकाले र निम्नतम लचकता पनि नअपनाएको हुनाले चियाको कपमा आएको तूफ़ानलाई दृष्टिगत गर्दै बैठकले सर्वसम्मतिबाट एउटा परामर्श सुझाव पेश गरेको छ । बैठकलाई निर्णय गर्ने अधिकार नभएकाले समाज र समुदायलाई सम्मान गर्दै एउटा निष्कर्ष निकालेको छ । यस्लाई अन्यथा नलिन ग़लत ढंगले व्याख्या नगरि दिनु हुन र कसैको मान मर्दन हुने अथवा नकारात्मक टीका टिप्पणी नगरि दिनु हुन समेत हार्दिक अनुरोध गर्दछु । निर्वाचन हाम्रो चाहना हैन किनभने यो राजनैतिक संस्था हैन, सामाजिक र सामुदायिक कार्यमा राजनैतिक रंग दिनु सर्वथा अनुचित र ग़लत हुन्छ । यो अन्तराष्ट्रीय र राष्ट्रीय संस्था पनि हैन । स्थानीय सामाजिक संस्था हो । अमेरिकामा आएर नेपालको राजनीति गर्नु पनि उचित हैन तर नेपाली भएर सम्मानजनक रूपमा बाँच्नु पनि ज़रूरी छ ।सहमति हुन नसक्दा अन्तिम विकल्प निर्वाचननै हो । अत उम्मेदवारहरू आपसमा मिलेर आएको खण्डमा थप वार्ताको ढोका खुला राख्दै बैठकले निम्नलिखित तीन विकल्पहरू दिएको राखेको छ । हिजोको बैठकले गरेको समझदारीलाई सार्वजनिक गरिएको छ । पंक्तिकार स्वयं पनि प्राक्तन टि भी पत्रकार भएकाले समाजका सबै सम्मानित सदस्य हरूलाई यो कुराको जानकारी दिनु पत्रकार र विशुद्ध समाजसेवीको दायित्व र कर्तव्य भएकाले यस्लाई सार्वजनिक रूपले प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि कृपया पंक्तिकारलाई सम्पर्क गरि सल्लाह र सुझाव दिनु होला । समाजलाई विखण्डित र दिग्भ्रमित गर्ने दुष्चेष्टा र धृष्टता नगर्नु होला  सम्पर्क नम्बर : ( 408 ) 718 3278 )  हार्दिक धन्यवाद

दुर्गा दाहाल, “ अनुभव “ क्यालि
शुभेच्छुक न्यान्स, बे एरिया