लायन्स बुटवल मुक्तिनाथमा नया नेतृत्व 

प्रकाशित मिति:

बुटवल \ लायन्स क्लाब अफ बुटवल मुक्तिनाथ को बार्षिक साधारणसभा तथा अधिबेशन बुटवल मा सम्पन्न भएको छ । अधिबेशन ले लायन्स बर्ष २०१९ र २० का लागि नया नेतृत्व चयन गरेको हो । जसअनुसार अध्यक्ष मा शोभाखर बन्जाडे , प्रथम उपाध्यक्ष मा सुरेशचन्द्र भट्टराई , द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पान्डे ,तृतीय उपाध्यक्ष कृष्ण प्रसाद आचार्य , सचिब मा कृष्ण भुषाल , कोसाध्यक्ष मा गोबिन्द बन्जाडे , सहसचिव मा दिपेन्द्र पाण्डे , सहकोसाध्यक्ष मा छबिलाल पाण्डे ९कृष्ण ० , त्यस्तै टेल टुइटर मा दिलिप कुमार शर्मा , मेमबरसिप चेयरपर्सन मा ईश्वर प्रसाद घिमिरे , पिआरओ मा दिपक कुमार चालिसे ,तामर मा राजन पाण्डे ,डाइरेक्टर मा सरदार भोला सिंह ,बिश्वमणि भुषाल र उमलाल घिमिरे ९ बिश्वास ० सर्बसम्मत रुपमा निर्वाचित भएका छन । त्यस्तै बर्ष २०१९र२० का लागि क्लब ले बिष्णु प्रसाद भुषाल र तारा प्रसाद घिमिरे लाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । बर्ष २०१८ र १९ का अध्यक्ष रिखिराम भट्टराई को अध्यक्षता मा अधिबेशन सम्म्पन्न भएको हो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि भोजराज पाण्डे ले क्लब ले लायन्स अन्तरास्ट्रिय को मर्म अबुरुप सामाजिक क्षेत्रमा पुर्याएको योगदान को प्रसंसा गर्नुभएको थियो । बर्ष २०१८ र १९ का सचिब कृष्ण प्रसाद आचार्यको संचालन मा सम्पन्न अधिबेशन कार्यक्रम मा गणेश प्रसाद भट्टराई , जोन चेयरपर्सन लक्ष्मण रेग्मी, निबर्तमान अध्यक्ष चन्द्र रेग्मी , सुरेशचन्द्र भट्टराई , बिष्णु भुषाल लगायतको सुभकामना मन्तब्य रहेको थियो ।