शिक्षामन्त्रीको मन्तव्यमा असहमति राख्दै काँग्रेसले अबरोध गर्यो संसद

प्रकाशित मिति:

काठमाण्डौ साउन ११/शिक्षामन्त्री गिरिराज मणि पोखरेलले संसदमा राखेको बिचार पछि प्रतिपक्षले संसदमा बिरोध कायम राखेको छ । शिक्षामन्त्रीले डा.केसीसँग भएको सहमतिलाई मन्त्री परिषद्मा लैजाने भने पछि काँग्रेसले बिरोध जनाएको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए । उनको धारणा पछि शिक्षा मन्त्रीले पुन ः समय लिएर सहमति भएको नौं बुँदामा मन्त्री परिषदमा लैजाने भनिएकोले त्यसलाई मन्त्री परिषदमा छलफलमा लैजान आवश्यक रहेको प्रष्टाएका छन् । उनले सहमति शिक्षा मन्त्रालयसँग मात्र भन्दा पनि परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग पनि सम्बन्धित भएकोले थप छलफल आवश्यकता रहेको बताएका थिए । त्यसको बारेमा थप छलफलको लागि बिषयलाई सदनमा राखिए पनि काँग्रेसले बिरोध कायमै राखेको छ, सभामुखले १० मिनेको लागि बैठक स्थगित गरेकाछन्