काठमाडौं \ क्यानडाले हुवावेका प्रमुख कार्यकारी मिंग वान्जाउलाई अमेरिका सुपुदर्गी गर्ने संकेत गरेको छ । यद्यपि, सो सम्बन्धि मुद्दा हाल अदालतमा विचाराधिन रहेकाले अदालतको फैसलापछि मात्रै ठोस निर्णय गर्ने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ । हुवावेकी वित्तिय प्रमुख मिंगमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध उल्लंघनको आरोप लगाइएको छ । गत डिसेम्बरमा अमेरिकाको आग्रहमा मेंगलाई क्यानडाले पक्राउ गरेको हो । जसका कारण अमेरिका र क्यानडाको चीनसँगको कुटनीतिक सम्बन्ध चिसिएको छ । विश्वको दोश्रो ठूलो स्मार्टफोन निर्माता हुवावेकी वित्तिय प्रमुख मिंगविरुद्ध २४ भन्दा बढी मुद्दा दायर गरिएको छ । जसमा बैंकिङ धोकधडी, प्रविधिको चोरी लगायतका आरोप छन् । सुपुदर्गी गर्ने बारे मुद्दा दायर भएका कारण मिंगमाथिको मुद्दाको अन्तिम निर्णय क्यानडाको अदालतले नै गर्ने जनाइएको छ ।