विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


नेपालगञ्ज । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ ।विदेश भ्रमणका लागि उपमहानगरमा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौं, वडाध्यक्ष राठौरले भने, ‘उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश