जम्मुकश्मीरमा भारतको फेरी आक्रमण

प्रकाशित मिति:

भारत  । भारतले आतंकवाद विरुद्धको अभियान भन्दै फेरि अर्को इस्लामिक संगठन माथि आक्रमण गरेको छ । जम्मूकश्मीरमा कट्टरपन्थी संगठन जमातएइस्लामी विरुद्ध सरकारले फेरि अर्को एक्सन सुरु गरेको छ । विहीवार केन्द्र सरकारले कश्मीर उपत्यकामा रहेको यस संगठनमाथि प्रतिबन्ध लगाएको थियो भने। शुक्रवार सुरु भएको सो संगठन विरुद्धको अभियान शनिबार समेत जारी राखेको छ । शनिबार भारतले कैयौं नेताहरुलाई हिरासतमा लिएको छ । रिपोर्ट्सका अनुसार सिंगो श्रीनगरमा संगठनका ७० बैंक अकाउन्ट्सलाई सिल गरिएको छ ।

ठूला नेता हिरासतमा  श्रीनगरपछि किश्तवाडमा समेत जमा ए इस्लामीका ठूला नेताहरुको गिरफ्तार गरिएको छ । छापामारीमा ५२ करोड रुपैयाँ जफ्त समेत गरिएमो छ । बिहीबार गृह मन्त्रालयले एक अधिसूचना जारी गर्दै जमात ए इस्लामीमा पाँच सालकालागि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । मन्त्रालयले आफ्नो अधिसूचनामा यो पनि भनेको थियो कि जमात ए इस्लामीको यस्तो गतिविधिका कारण आन्तरिक सुरक्षा तथा अन्य प्रशासनिक व्यवस्थाका लागि समेत खतरा छ। यसमा केन्द्र सरकार यससंगठनलाई एक विधि विरुद्धको संगठन घोषित गर्दछ भनिएको थियो।  जमात ए इस्लामीका नेता गिरफ्तार  कारवाईका समयमा अब्दुल हामिद फयाज, जाहिद अली, मुदस्सिर अहमद तथा गुलाम कादिर जस्ता जमात ए इस्लामीका ठूला नेताहरुलाई गिरफ्तार गरिएको हो । यसका अलावा दक्षिण कश्मीरका त्राल, बडगाम तथा अनन्तनागसँगै जमातका कैयौं नेताहरु गिरफ्तारीमा परेका हुन् ।

४५०० करोडको सम्पत्ति  सरकारले शुक्रवार इन्स्पेक्टर जनरल तथा जिल्ला मेजिस्ट्रेटहरुलाई जमात ए इस्लामीका कार्यकर्ताहरुलाई हिरासतमा लिन इजाजत दिएको थियो । ३५० भन्दा बढी सदस्यलाई शुक्रवार गिरफ्तार गरिएको थियो । संगठन सो उपत्यकामा ४०० स्कूल, ३५० मस्जिदहरु तथा १ हजार सेमिनरी चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार संगठनसँग ४५ सय करोड रुपैयाँको सम्पत्ति सम्पत्ति रहेको अनुमान गरिएको छ । यो सम्पत्ति पनि बैध हो या अवैध के हो रु यस बारे समेत जाँच हुने बताईएको छ । केन्द्र सरकारद्वारा जारी अधिसूचनामा जमात ए इस्लामीको अलगाववाद तथा देश विरोधी गतिविधिहरु समेत शामिल रहेको बताइएको छ । जमात ए इस्लामी कश्मीर घाटीमा अलगावादीहरु तथा कट्टरपन्थीहरुको प्रचार प्रसारका लागि जिम्मेवार मुख्य संगठन हो ।