मेलिना राईको सिन्दुरु सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं \ गायिका मेलिना राईद्वारा स्वरवद्ध गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ । दुई दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतवद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनिया फिचर्ड छन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । गीतको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन् । विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् । हिजो युट्युबबाट सार्वजनिक गीतमा विधवा महिलाको बेदना समेटिएको छ । गीतको भिडियोले युट्युबमा ४६ हजार बढी भ्यूज बटुलेको छ ।