राहुल र मुग्धा काठमाडौं आउँदै

प्रकाशित मिति:

काठमाडौ \ नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने हेतुले काठमाडौंको सोल्टी होटलमा चैत ९ गते बलिउड फेसन शो हुने भएको छ । ग्लोबल सिटिजन इन्टरटेनमेन्ट फाउन्डेसनले आयोजना गर्ने उक्त फेसन कार्यक्रमको मुख्य आकर्षण बलिउड अभिनेता, अभिनेत्री तथा मोडलद्वय राहुल देव एवं मुग्धा गोड्से हुनेछन् । उक्त फेसन शोमा नेपाल तथा भारतका चर्चित मोडलहरूले विभिन्न किसिमका पहिरन प्रस्तुत गर्ने बताइएको छ । आयोजक संस्थाका अध्यक्ष राजन श्रेष्ठका अनुसार यो कार्यक्रमले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा समेत सहकार्य गर्नेछ ।