प्रकाशमान सिंहले प्रश्न गर्नु भयो काठमाडौमा खानेपानी छैन कसरी पानीजहाज आउछ ?

प्रकाशित मिति:

काठमाडौ \ नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गर्नु भएको छ । कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा आज शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दाबी गरे। ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ सिंहले प्रश्न गरे। सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए।