नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको छैटौ साधारणसभा बुटवलमा सम्पन्न

प्रकाशित मिति:

काठमाडौ \ नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको छैटौ साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।कार्यक्रमको एक समारोहका बिच प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै जिल्लामा रहेर सामाजिक काममध्येको नमुना काम गरेको बताए । सामाजिक विकास मन्त्रालयसहित नजिकका स्थानिय सरकारका रुपमा रहेका नगरपालिकाहरुबाट आवश्यक सहयोगका लागि पहल गर्ने उनले बताए । कार्यालय ब्यवस्थापन महत्वपूर्ण विषय भएको भन्दै उनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जिल्लाको रगत अभावलाई संस्थागत रुपमा सहयोग गर्दै आएको बताए । यस क्षेत्रमा शुरुवात गरेको रक्तदानको अभियान नेपालभरि नै नमुना भएको भन्दै उनले युवाहरुलाई रक्तदानमा अग्रसर गराउन स्टारर्ट १८ अभियान सफल भएको बताए ।

समाजका उपाध्यक्ष सुरेन्द्र कुमार शाक्यले रक्तदान महादान नारासहित संस्थागत रुपमा अघि बढेको बताए । बुटवलमा रगत अभावमा रहेका विरामीहरुलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना भएको छोटो समयमा धेरै कामहरु गर्न सफल भएको उनले बताए । एक वर्षको अवधिमा समाजबाट ७१ औ पटक नियमित रक्तदान गरेको र त्यसमा एक हजार ९ सय युनिट रगत संकलन भएको उनले बताए । यसैगरि स्थापनाको ६ वर्ष अवधिमा ९ हजार युनिट रगत संकलन गरिएको उनले बताए । कार्यक्रममा सचिव भिष्म केसीले समाजमा हाल ३ सय ५० बढी युवाहरु रहेको उनले बताए । कार्यक्रममा एक सय १० पटक रक्तदान गर्नुभएका रक्तदाता तथा समाजका केन्द्रिय उपाध्यक्ष धु्र्व थपलिया, नेकपाका नगर अध्यक्ष बाबुराम पन्थी, नेकाका नगर सभापति खेलराज पाण्डे, रुपन्देहीका प्रथम रक्तदाता मृगेन्द्र कुमार शेरचन, नेपाल रेडक्रस सोसाईटी उपसभापति मित्रलाल न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले सामाजिक काममा युवाहरु अग्रसर भएको बताए ।