काठमा०डौ साउन ११/काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको छ। घटनामा ५ जना यात्रुको मृत्यु भएको छ । ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर खाएपछि त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
बसमा कति जना यात्रु छन् भन्नेबारे एकीन नभएको प्रहरीले जनाएको छ। चितवनस्थित स्थानीय प्रशासनका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरले दुर्घटनामा परेका २२ यात्रुलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल ल्याइँदै गरेको जानकारी दिए। बसमा कति यात्रु थिए भन्ने अझै एकीन भएको छैन। दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरिरहेका छन्। घाइतेहरुको नाम भने आइसकेको छैन।