संगीतमा नारी पहिचानको पलेँटी

प्रकाशित मिति:

मेलवादेवीबाट सुरु भएको नेपाली संगीतमा नारी स्वरको स्तुति गर्दै पलेँटीको पुन उदय भएको छ । आधुनिक नेपाली संगीतको सम्झना एवं संवद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केही समय स्थगित भएको थियो । अब भने यसलाई विषयगत रूपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन् । यही सिलसिलामा पहिलो प्रस्तुति नेपाली संगीतका नारी नक्षत्रहरूलाई सम्झँदै गत शुक्रबार थालनी भएको छ । उक्त कार्यक्रम गायिका मिनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा केन्द्रित थियो । कार्यक्रमको सुरुवात मेलवादेवीको न घरलाइ घर कहिन्छ बाट भएको थियो । सहिद शुक्रराज शास्त्रीले रचना गरेको उक्त गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरूसगका आफ्ना सम्झना सुनाउँदै कार्यक्रमलाई अघि बढाए । उनले थालनी गरे कोइलीदेवीबाट । रेडियो नेपालमा भेटिएकी कोइलीदेवी पनि मेलवादेवीजस्तै राणाकालमा दरबारमै हुर्किएकी अर्की गायिका थिइन् ।

कोइलीदेवीलाई भेट्नु एउटा कालखण्डकै प्रतिनिधि देख्नु थियो आभाषले भने मेलवादेवीजत्तिको शास्त्रीय वा आधुनिक दुवै नभए पनि उनको खिरिलो आवाजले रामै्र प्रभाव विस्तार गरेको थियो । त्यसपछि कोइलीदेवीले गाएको ‘सम्झिरहन्छु निसदिन केवल हजुरलाई सुनाइएको थियो । जब तारादेवीको प्रसंग सुरुभयो तब गाइयो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीतमा फूलको थुँगा बहेर गयो । त्यसपछि प्रस्तुति दार्जीलिङतर्फ मोडिएर जसै अरुणा लामा सबैले भन्थे लयालु फूल भै शान्ति ठटाल सम्हालेर राख, डेजी बराइली ९एउटा खुला किताब हुँ म० र दावा ग्याल्मो सहर भित्र केको हल्ला तर्फ प्रवेश गयो नेपाली संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनको योगदानको चर्चा पनि भयो । प्रसंग फेरि काठमाडौं भित्रिएपछि गौरी केसीको ‘रानी तलाउ किनारा तारा थापाको ‘तारि न देऊ हे माझी दाइ’ र मिरा राणाको मखमली चोलो’हुँदै अघि बढेको थियो । हीरादेवी वाइवाको ‘फरिया ल्याइदेका त्यै पनि राता धनन’ प्रस्तुत गर्ने बेलामा भने पलेँटीका निम्ति उनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित आफ्नै घरमा आगलागीमा परेर उनको निधन भएको चर्चासँगै वातावरण भावुक बन्न पुगेको थियो । ‘मेलवादेवी र हिरादेवीजस्ता गायिकालाई आगोले पोलिरहेका बेला बचाउने पनि कोहि भैदिएनन् आभाषले अवरुद्ध कण्ठसहित भनेका थिए ।

कार्यक्रमले त्यसपछि पछिल्लो कालखण्डमा प्रवेश गर्दै मञ्जुलको रचनामा गाउने सुनिता सुब्बाको चिरबिर गर्ने चरी सुनाएको थियो । कार्यक्रममा उल्लेख गरिएका मध्ये गायिकाहरू सुनिता सुब्बा, कुन्ती मोक्तान तथा संगीता प्रधान स्वयं उपस्थित थिए । उक्त अवसरमा नेपाली गीत गाउने भारतीय गायिकाहरू लता मंगेशकर आकाशमा तिरमिरे तारा र उषा मंगेशकर वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर को सम्झनासमेत गरिएको थियो । प्रस्तोता मिनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि अन्त्य भने फेरि मेलवादेवीको कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो । हाम्रो परिवेशले नारी स्वरलाई लामो साधनामा अघि बढ्न नदिइरहेको यथार्थका बीच उनीहरूको यसरी सम्झना गरिनु राम्रो लाग्यो कार्यक्रम श्रवण गरेपछि राजनीतिज्ञ एवं लेखक रघुजी पन्तको प्रतिक्रिया थियो व्यवस्थित प्रस्तुति र सुमधुर गीतहरूको मिठो समागम पाएँ । बिर्सिएका वा ओझेलमा परेका कलाकारलाई संगीतमा निरन्तर लागिरहन आग्रहका साथ पलेँटी सुरुगरेका थियौं कार्यक्रमको सुरुवातमा आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठले भने ‘यसपालादेखि त्यसैलाई विषयगत हिसाबले अघि बढाउने योजनाका साथ नारी स्वरको सम्मानबाट थालनी गरेका हौं । साप्ताहीकवाट साभार