विपि विचारको संगठन विस्तार , क्षेत्र र नगरका अध्यक्षहरु मोनोनित

प्रकाशित मिति:

बुटवल १८ फागुन । विपि विचार राष्ट्रिय समाज रुपन्देहीले संगठन विस्तार गरेको छ । संस्थाको विधान अनुशार जिल्लाका क्षेत्रिय अध्यक्ष तथा नगर अध्यक्षहरु चयन गरेको हो । शनिवार बुटवलमा बसेको समाजको वैठकले रुपन्देहीका ५ वटै क्षेत्रका क्षेत्रिय अध्यक्ष तथा ६ वटै नगरका नगर अध्यक्षहरु मनोनित गरेको हो । जसमा क्षेत्र न १ को क्षेत्रिय अध्यक्षमा अच्युत भट्टराई  क्षेत्र न २ को अध्यक्षमा हरि अर्याल  क्षेत्र न ३ को अध्यक्षमा केशव अधिकारी  क्षेत्र न ४ को अध्यक्षमा अखिलेश्वर शुक्ला र क्षेत्र न ५ को अध्यक्षमा रण वहादुर खनाल चयन हुनु भएको छ । त्यसैगरि नगरपालिका अध्यक्षहरुमा बुटवल उपमहानगरपालिकामा नारायण प्रसाद अधिकारी, सिदार्थनगरमा प्रतिभा देवकोटा तिलोत्तमामा कल्याण पौडेल  देवदहमा ईश्वरी ढुङगाना सैनामैनामा कृष्ण पोख्रेल र लुम्बिनी सांस्कृतिकमा जावेद अहमद खां रहनु भएको । पहिलो चरणमा क्षेत्र र नगरमा संगठन विस्तार गर्ने र दोस्रो चरणमा गाउपालिकाहरुमा पनि विस्तार गरिने जिल्ला अध्यक्ष शरद भट्टराईले जानकारी दिनु भयो । समाजले चयन गरेका अध्यक्षहरुले आफ्नो क्षेत्रमा भेला गरेर सबैको प्रतिनिधित्व रहने गरि कार्यसमिति गठन गर्ने जनाएको छ । जिल्ला अध्यक्ष भट्टराईको अध्यक्षतामा बसेको वैठकले संगठन विस्तारको निर्णय गरेको र अर्को वैठकमा अध्यक्षहरुले दिएको कार्यसमितिको नाम अनुमोदन गर्ने सचिव अधिवक्ता कृष्ण पोख्रेलले बताउनु भयो ।  वैठकमा संस्थाका सल्लाहकार विष्णु पोख्रेल बिक्रम खड्का सहसचिव नेत्र भट्टराई कोषाध्यक्ष रामकृष्ण पौडेल लगायतले धारणा राख्नु भएको थियो । सो अवसरमा बक्ताहरुले जिल्लाका १६ वटै स्थानिय तहमा विपिको विचारलाई प्रभावकारी रुपमा पुर्याउन यो संगठनले निकै ठुलो भुमिका खेल्ने बताएका थिए ।