अक्षयकुमारले एकसय नव दम्पतीहरुलाई १/१ लाख रुपैयाँ दिने

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
99 Shares


एजेन्सी /भारतीय अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् ।

उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । र केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।उनले भर्खरै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई एकरएक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनी एक सामुहिक विवाहमा गएका थिए । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।समाचार स्रोतका अनुसार उनले त्यहाँ गएर आशिर्वाद मात्र दिएनन्, आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव(विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एकरएक लाख भारतीय रुपैयाँ पनि दिने घोषणा गरे ।अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग
  • मजदुरहरुलाई राहात दिन उवासंघले सञ्चालन गरयो राहात कोष
  • मृतक थापाका परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्न तरुण दल रुपन्देहीको…
  • एलिजाले दिइन् यस्तो कडा जवाफ