महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा: पशुपति क्षेत्र विकास काेष

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
1K Shares


काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक-एक लाइन, जयबागेश्वरी ईँटापाखा भएर भुवनेश्वरीमा रहेकाे फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक-एक लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।

आवस्यक परेको अवस्थामा भक्तजनको उपस्थिति हेरेर तिलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षालगायत सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरी ५ हजार स्वयंसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन,लाईटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि आठ वटा उपमिति गठन गरेको छ । दर्शनलाई सहज हुने गरि कैलाशमुनी, भुवनेश्वरी, बज्रघर, राममन्दिर लगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइने भएको छ । सवारी पार्किङका लागि तिलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया