रुपन्देहीमा कराते खेलाडीहरुलाई सम्मान

प्रकाशित मिति:

बुटवल । नेपाल रेन्बोकाई कराते डो संघ जिल्ला समिति रुपन्देहीले कराते खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाल सितेरियो कराते डो संघले हालै आयोजना गरेको लुम्विनी कप कराते प्रतियोगितामा ५ स्वर्ण ३ रजत र ८ कास्य पदक जितेका खेलाडीहरुलाई एक कार्यक्रमका विच सनिवार बुटवलमा सम्मान गरेको हो ।प्रतिगोगितामा जुलिया पुन, समुन्द्रसिंह राना, सफल गौतम, संगम नेपाली र मनिष खड्काले स्वर्ण पदक जितेका थिए । त्यसैगरी कमल चौधरी, विराट कार्की र सिभम मालीले रजत पदक जितेका थिए भने प्रशान्त चौधरी, सिसस पुलामी, प्रजेन थापा, नागेन्द्र वुढा, सन्देश शाही, समिक्षा सावत नेहा श्रीस र सोनिया गुरुङले कास्य पदक पाएका थिए।

खेलाडीहरुलाई सम्मान गर्दे प्रदेश सभा सदस्य तुलराम घर्तिमगरले खेलकुदले विश्वमा नेपालको परिचय स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै खेलले भावानात्मक सम्वन्धहरु स्थापित गर्ने बताए । उनले खेल क्षेत्रको विकासको लागि आफ्रले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।जिल्ला अध्यक्ष मनोज रानाको अध्यक्षता उपाध्यक्ष प्रेम घर्तिमगर तथा संचालन सह सचिव संजय गुरुङको संचालनमा भएको कार्यक्रममा करातेका प्रमुख प्रशिक्षक कमरुद्धिन अलिले खेलकुदले खेलाडीहरुलाई अनुसासित वनाउने र त्यसले आफ्नो करियरमा राम्रो फाईदा पुग्ने बताए । कार्यक्रममा समाजसेवी प्रेम गुरुङ, नेपाल मगर संघका केन्द्रिय सदस्य धनवहादुर पुन, प्रदेश अध्यक्ष विमल सारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।