डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
286 Shares


पुष्कर बुढाथोकी/भक्तपुर – केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिईने प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए । उनका अनुसार क वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको संयोजक थापाले जानकारी दिए । त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था श्री मानव सेवा संघ कुलेश्वर काठमाडौंबाट गरिएको छ । सुरक्षा ब्यवस्थाका लागि प्रहरी, सेनालगायतको सहयोग रहनेछ ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए । उनका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ३ हजार ३ सय ३३ को रसिद काटी पूजामा सामेल गराईने छ । त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया