रेनो क्याप्चर नयाँ शोरुम संगै अब बुटवलमा पनि खुल्ला

प्रकाशित मिति:

बुटवल । नयाँ शोरुम जुपिटर व्हील्स प्रा लिले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको बुटवलभरि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको छ । आर्कष डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइन सहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । जसमा आर्कष दोहोरो कलर दिइएको छ । यो प्रिमियम एसयुभी प्रिमियम फिचरसहित आएकोे हो । रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ । अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् ।रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध छन् । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्ने छ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित आएको छ । भने यसको पर्फमेन्स अकल्पनिय रहेको छ । सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल दिइएको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।जुपिटर व्हील्स प्रा लिका प्रबन्ध निर्देशक दीपक श्रेष्ठले भन्नुभयो ‘ शोरुम संगै रेनो को नयाँ गाडी बुटवल बजारमा ल्याउन पहुदा हामी निकै हर्सित छौ । रेनो विश्वमै लोकप्रिय ब्राण्ड हो । केहिँ महिना पहिला मात्र नेपाल भित्रिएको रेनो क्याप्चरले नेपाली बजारमा सनसनी मच्चाएको छ । भारतीय बजारको सफलतापछि हामीले यो सफल कारलाई नेपालमा ल्याएका हाँै । आफ्नो सेग्मेन्टमा यो कार निकै चर्चित, लामो र फराकिलो रहेको छ । रेनो क्याप्चरले नेपाली बजारमा निकै ठूलो सफलता पाईसकेको छ, हामीलाई विस्वास छ बुटवल बजारमा पनि यसले त्यस्तै सफलता दोहोराउने छ । लाखाँै मानिसहरुले जसरी रेनोप्रति विस्वास देखाउनु भएको छ त्यसले हाम्रो आत्मविस्वस समेत बढाएको छ । रेनो क्याप्चरले अटोमोवाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । हामी विस्वस्त छाँै नेपाली बजारमा यसले एउटा इतिहास बनाउने छ । रेनो क्याप्चरले नेपाली बजारमा क्यापचरले एउटा विशेष स्थान बनाउने छ ।’