‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख रकम संकलन

१८ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


महोत्तरी – धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा २२ लाख ४० हजार ५ सय रुपैयाँ संकलन भएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा यो रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले संकलन गरिएको २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानकै क्रममा त्यतैबाट बर्दिवास जानुभएको थियो । सिताराम कट्टेल ९धुर्मुस० ले आफ्नो तर्फबाट एक हजार रुपैयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गर्नुभएको थियो ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा सञ्चालित होटलहरुमा रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने समेत बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया