कश्मीरमा बस दुर्घटना हँदा छ जनाको मृत्यु , ३० घाइते

प्रकाशित मिति:

एजेन्सी /कश्मीरमा बस दुर्घटना हँदा छ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।बस सडकबाट २०० मिटर भन्दा तल खसेको स्थानीय प्रहरीले जानकारी दिएको भारतीय मिडायाले उल्लेख गरेको छ । उक्त बस र्दुघटना शुक्रबार मध्य रातमा भएको थियो । बस कन्ट्रोल नहुँदा उधाम्पुर जिल्लामा बस दुर्घटना भएको अधिकारीहरुले जनाएको छ । अधिकारीहरुका अनुसार दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर भएको कारण मृत्यु हुनेको संख्या बढ्न सक्नेछ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।