सहकारी सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न

प्रकाशित मिति:

बुटवल । वुटवल उप–महानगरपालिका वडा नं ६ स्थित फेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सनिवार आफ्नो शेयर सदस्यहरुलाई सहकारी सम्वन्धी अभिमुखिकरण तालिम दिएको छ ।एक हजार ३ सय भन्दा वढि शेयर सदस्य रहेको उक्त सहकारीले सहकारीको निति, नियम, मुल्य मान्यता र शिद्धान्तहरुको विषयमा अभिमुखिकरण तालिम दिएको हो । कार्यक्रमको उद्घाटन गर्दे प्रदेश सभा सदस्य तुलाराम घर्तिमगरले अधिकांस सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै त्यो सहकारीको मान्यता भन्दा वाहिर भएको बताए ।अनुत्पादन क्षेत्रका गरिएको लगानी शुरक्षित नहुने र त्यसले सहकारीको शेयर सदस्यहरुको हितमा काम नगर्ने उनले बताए । उनले स्वरोजगारमुलक क्षेत्रमा, साना तथा घरेलु उद्योगमा सहकारीले लगानी वढाई सरकारले अघि सारेको आर्थिक संवृद्धिको यात्रामा सहकार्य गर्न आग्रह गरे ।

भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका उप सचिव कृष्ण प्रसाद नेपालले सहकारी व्यवसायको रुपमा अघि वढेको बताउदै यसको मुल्य मान्यताहरुलाई भूल्न नहुने बताए ।सोही मन्त्रालयका शाखा अधिकृत गुणाखर खनालले ऐन नियम नितिलाई अवलम्वन गरेमा सहकारीले फ्ड्को मार्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष प्रेम गुरुङले शहकारीले विगतका वर्षहरुमा पनि सहकारी सम्वन्धी अभिमुखिकरण जस्ता कार्यक्रम संचालन गरेको र यसले शेयर सदस्यहरुलाई फाईदा पुगेको बताए ।

सहकारीका अध्यक्ष प्रेम गुरुङको अध्यक्षता ,उपाध्यक्ष जीवलाल भट्टराईको स्वागत तथा सचिव मनोज रानाको संचालनमा भएको उक्त कार्यक्रममा थोरै पुजीबाट उद्यम शुरु गरि सफल भएका दुई जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जुक्ता कारखाना संचालन गरेका बुटवल ११का इन्द्रबहादुर सार्की र मकै पोल्ने व्यवसाय संचालन गरेकी टुककुमारी श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।