किन पशुपतिनाथलाई महादेवको मन्दीर भनिन्छ जान्नुहोस

प्रकाशित मिति:

हामी सबैलाई थाहा छ कि भगवान शिव धेरै नाम छन् । त्यही धेरै नामहरुको बिचमा एउटा यस्तो नाम छ सायदैं त्यसका बारेमा तपाईलाई जानकारी हुनसक्छ । हो,महादेवसँग हरेक नामसँग सम्बन्धित केहि कथाहरू छन्। जस्तै उनलाई निलकंठ भनिन्छ, किनकि उनले त्यो बेलामा समुन्द्रमा फैलिएको सबैं विष आफुले सेवन गरेर समस्त प्राणिहरुको रक्षा गरेका थिँए । जसको कारण भगवान शिवको अवतारलाई निलकण्ठको नामले पुर्कान थालियो । यसबाहेक, धेरै अन्य नामहरू छन् जसका साथ केहि कथाहरू जोडिएका छन्। तर आज हामी तपाईंलाई भगवान पशुपतिनाथको बारेमा जानकारी गराउँदैंछौं । आखिर किन पशुपतिनाथलाई महादेवको पशुपति भनिन्छ आउँनुहोस जानौं केही तथ्यहरु‘।।

नेपालमा पनि शिव मन्दीर छ जसलाई हामी पशुपतिनाथ मन्दीर भन्छौं । यो पशुपतिनाथ मन्दीरमा शिवलिगं स्थापित गरिएको छ । यो भनिएको छ कि यहाँ विराजमान शिवलाई ज्ञान प्राप्तिको स्मारक को रूप मा स्थापित गरिएको थियो,जसलाई पशुपत भन्ने गरिएको थियो । शास्त्रहरुमा भनिएको छ कि भगवान शिवलाई पशुपत नैं भनिन्थ्यो । तर पछि गएर उनी पशुपतिनाथ भएका हुन । उनी जनवारका स्वामी थिए जनवार जसलाई अर्को शब्दमा पशु भनिन्छ त्यसैंले पनि पनि उनको नाम पशुपति बन्न गएको विश्वास गरिएको छ ।

शिवलाई जीवनका सबै क्षेत्रहरूमा अत्यन्तै चम्किलो भनिएको छ। भगवान शिवको बज्र सबैभन्दा शक्तिशाली छ। शिव पशुहरूलाई बचाउन र मानवता विरुद्ध व्यवहार गर्नेहरुको नाश गर्न सक्छन । शिव जी धेरै शान्त स्वभाव भएका भगवान हुन,त्यसैले उनी आफ्नो हात हतियारको प्रयोग गर्न आवश्यक ठान्दैनन । उनले असल मानिसका विरुद्ध कहिल्लै पनि हात हतियार उठाएका छैनन तर गलत प्रवृति भएका मानिसहरु माथि भने उनले आफ्नो अस्त्र वेलावेलामा प्रयोग गर्ने गरेका छन ।कहिलेकाहीँ मानव र जनावरहरूको शोकमा सहभागि हुन उनीहरुसँगैं आएका थिँए । शिवले तिनीहरूलाई शरण दिए र सत्य बाटोमा हिंड्न सल्लाह दिए। तर जसले आफ्नो स्वार्थ र रिस पूरा गर्ने सोचले शिव भगवानको कुरालाई इन्कार गरे भगवान शिवले आफ्नो अस्त्र प्रयोग गरेको विश्वास रहँदै आएको छ । भगवान शिव को यो हतियार केवल कल्याण को लागि हो,यसकारण यसलाई शुभ वज्र भनिन्छ। मानिसहरु जस्तै शिव भगवानको दिलमा जनवारहरु प्रति पनि उत्तिकैं प्रेम र सद्भाव रहेको थियो । यस कारण उनले पशुपति नाम पाए। यसैले उनलाई पनि पशुपतिनाथ भनिन्छ।