भरतमोहन अधिकारीको पार्थिव शरीर पार्टी कार्यालयमा

प्रकाशित मिति:

काठमाण्डौ – दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । नेकपाका नेता कार्यकर्तालगायतले उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

श्रद्धाञ्जली कार्यक्रम दिउँसो १२ बजेसम्म चल्ने र त्यसपछि शवयात्रासहित आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो ।