तनहुँका बिशालद्वारा NRNA को आगामी निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी घोषणा

प्रकाशित मिति:

सानै उमेरदेखी नै कुशल क्षमताका धनी तनहुँका बिसाल राना अमेरिकामा आगामी हुने NRNA को निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी दिने भएका छन । नेपालमा हुँदा समेत बिभिन्न सामाजिक क्षेत्रमा कुशल नेतृत्व बहन गरेका राना अहिले पनि उनको छबी अमेरिकामा समेत निकै राम्रो मान्ने गरिन्छ । मृदभासी स्वभाबका राना सबैलाइ मिलाएर लैजान सक्ने भएकाले नै आगामी २०१९ २१को निर्वाचनमा डाइरेक्टरमा निर्वाचित हुने लगभग निश्चिति जस्तै देखिन्छ । अहिले अमेरिकाको मेरिल्यान्ड राज्यको क्याम्बरिज शहरमा बस्ने राना सवै नेपालीको दुख सुखको सारथी नै बनेका छन् । रानाले सबै नेपालीहरुको नेतृत्व गर्न आफु तयार रहेको बताउदै आएका छन । भर्भराउदो युबा भएकै कारणले गर्दा पनि राना आफ्नो कार्यकाल स्वणिम कार्यकाल हुने समेत दाबी गरेका छन । रानाले आफु सबै युबाहरुको साझा उम्मेदवार भएको बताउदै सहयोग गर्न समेत सबैलाइ आग्रह गरेका छन् ।