फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

प्रकाशित मिति:

कास्की – पोखराको सराङकोटबाट उडेको प्याराग्लाइड फेवातालमा खसेर दुर्घटना हुँदा घाइते रोमानियाली पर्यटकको ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४२ वर्षका रोमानियाका इद सिस जेर रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार सराङकोटबाट बिहान ११ बजेतिर उडेका प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा ११ बजेर २० मिनेट जाँदा तालमा खसेको थियो । तालमा खसेपछि शसस्त्रको उद्धार टोलीले र स्थनीय डुङ्गा व्यवसायीले उद्धार गरेर मेट्रोसिटी हस्पिटलमा पुर्‍याएका थिए । उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।