शिक्षक संघर्ष समितिको प्रदर्शनमा हस्तक्षेप

स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आइतबार प्रहरीले हस्तक्षेप गरेको छ

प्रकाशित मिति:

काठमाडौँ । स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आइतबार प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ । सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।

थप समाचार