गुल्मी अर्खाबाङ्ग रुपन्देही सम्र्पक समाजले एम्बुलेन्स हस्तान्तरण गर्ने

प्रकाशित मिति:

बसन्त आचार्य, बुटवल /गुल्मीको मालिका गाउँपालिका ४ अर्खाबाङ्ग रुपन्देही सम्र्पक समाजले यही फागुन २५ गते मालिका गाउँपालिका ४ अर्खाबाङ्गलाई एम्बुृलेन्स हस्तान्तरण, समान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख अथित्यतामा उक्त कार्यक्रम गर्न लागेको अर्खाबाङ्ग समाज रुपन्देहीका अध्यक्ष बिरेन्दअर्यालले आज आइतबार जानकारी गराउनु भएको छ । आफुहरुको कर्मभूमि रुपन्देही भएता पनि आफ्नो जन्मभूमि अर्खाबाङ्ग गुल्मीको सदरमुकाम तम्घासबाट ४० किलोमिटर पश्च्मि भएको र वृद्धा वृद्ध ,बिरामी र सुत्केरीहरुले समयमा नै उपचार पाउन नसक्दा अकालमा मृत्यु हुने गरेको कुरा थाहा पाउँदा अत्यान्तै दःख लागेको बताउँदै एम्बुलेन्स उपलब्ध भएको खण्डमा पनि समयमा नै उपचार नपाएर कसैको पनि अकालमा नै ज्यान नजाहोश भन्ने उद्देश्यले समाजले एम्बुलेन्स हस्तान्तरण गर्न लागेको समेत अध्यक्ष अर्यालले बताउनु भयो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स किन्नका लागि आर्थिक सहयोग गर्ने सबै सहयोगदाता र अर्खाबाङ्ग ४ का ९४ वर्षीय वृद्ध सबिराम बुढालाई पनि सम्मान गर्ने समाजका उपाध्यक्ष प्रेम बहादुर अर्यालले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कालकार बिमलराज क्षेत्री ,बिष्णु खत्री , सन्तोष लम्साल , पबित्रा सर्तुङ्गे मगर, तिलक शाही ठकुरीका साथै स्थानिय कालकारको बेजोड प्रस्तुति रहने उपाध्यक्ष अर्यालले बताउनु भयो । बिभिन्न कामको शिलशिलाम रुपन्देहीमा बसोबास गर्ने सम्पूर्ण अर्खाबाङ्ग वासीलाई कार्यक्रम स्थान अर्खाबाङ्ग ४ ठुलाचौरमा उपस्थिीत हुनका लागि समेत सम्र्पक समाजले सबैमा आग्रह गरेको छ । गुल्मी मालिका गाउँपालिका अर्खाबाङ्ग रुपन्देही सम्र्पक समाजको स्थापना २०७४ मा भएको थियो ।